२०८३, १ असार मंगलबार

काभ्रेका पाँच भूकम्प लाभग्राहीले फिर्ता गरे रकम

काभ्रेका पाँच भूकम्प लाभग्राहीले फिर्ता गरे रकम


बनेपा, २७ मङ्सिर : निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका जिल्लाका पाँच जनाले पाएको रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख लोकनाथ रेग्मीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नुपर्ने भनी समयसीमा तोकेर सबै लाभग्राहीलाई आग्रह गरेपछि पाँच लाभग्राहीले आवास निर्माण गर्न नसकेका कारण रकम फिर्ता गरेका बताउनुभयो ।

रोशी गाउँपालिका–४ महादेवटारका मानबहादुर लामा र धनबहादुर तामाङ, पनौती नगरपालिका–५ बाँसघारीका शैलेन्द्रकुमार थापा, भुम्लु गाउँपालिका–१ का अर्जुन महत र सोही गाउँपालिका–५ का शिवबहादुर खड्काले रकम फिर्ता गर्नुभएको हो । कार्यालयका प्रमुख रेग्मीका अनुसार महादेवटारका लाभग्राहीले अर्को ठाउँमा घर भएका कारण रकम फिर्ता गरेको र भुम्लु गाउँपालिका–५ का खड्काले आम्दानीको स्रोत केही नभएको र आफू एक्लै घरमा भएका कारण घर बनाउन नसक्ने भएपछि सरकारले तोकेको समयमा निर्माण गर्न नसकेको भन्दै फिर्ता गरेका हुन् । सम्झौता गरी घर नबनाएकाले कि त तोकिएको समयमा बनाइसक्नुपर्ने, कि त रकम फिर्ता गर्नुपर्ने भनी सार्वजनिक रूपमा सूचना आह्वान गरेपछि कसरी रकम फिर्ता गर्ने भनेर सल्लाह लिन आउनेको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो ।

जिल्लामा ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकामा अनुदान सम्झौता गरेका ६८ हजार ८२६ जनाले पहिलो किस्ता रकम बुझिसकेका छन् भने अझै १४ हजार सातले अनुदान सम्झौता गर्न बाँकी नै रहेको जनाइएको छ । सबै अधिकार स्थानीय तहलाई नै जिम्मा दिइसकेका कारण लाभग्राहीमा नपर्नुपर्ने मान्छेले पनि पहिलो किस्ता लिएकाले त्यस्ता व्यक्तिको हकमा सार्वजनिक रूपमा सूचना दिइसकेको र सम्बन्धित गाउँपालिका र नगरपालिकाले फिर्ता लिनुपर्ने र फिर्ता लिन नसकेमा जिल्ला प्रशासन कार्यालयमा सरकारी बाँकीसरह असुलउपर गर्ने भनेर लेखेर पठाइने प्रमुख रेग्मीले बताउनुभयो । केन्द्रको निर्देशनअनुसार उक्त एकाइले सम्झौता गरी घर नबनाएकालाई सार्वजनिक रूपमा सूचना आह्वान गरी आगामी पुस १५ गतेभित्रमा रकम फिर्ता गर्न आग्रह गरेको छ । त्यससँगै जिल्लामा आंशिक क्षतिमा परेका भूकम्प लाभग्राहीमध्ये १३ जनाले घर प्रवलीकरण गरी रकम लिइसकेको जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ मंसिर बिहीबार  ७ : ५४ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई