२०८३, ३१ जेष्ठ सोमबार

तथ्यमा रहेर आलोचना गर्न मन्त्री बाँस्कोटाको आग्रह

तथ्यमा रहेर आलोचना गर्न मन्त्री बाँस्कोटाको आग्रह


धादिङ, २५ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई सरकारको आलोचना गर्न छुट रहेको तर आलोचना गर्दा तथ्यको आधारमा गर्न आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आज २०औँ साधारणसभा र धादिङ सञ्चार सहकारी संस्थाको ८औँ वार्षिक साधारण सभाको अवसरमा बोल्दै उहाँले संचार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिइएकाले तथ्यको आधारमा आलोचना गर्न आग्रह गर्नुभएको हो ।

उहाँले पत्रकारको पारिश्रमिक वृद्धि नेपालका सञ्चारगृहको क्षमता हेरेर २५ प्रतिशत वृद्धि गरेकाले यसलाई कार्यान्वयन गरेपछि थप कुरा अघि बढाउन सकिने बताउनुभयो । मन्त्री बाँस्कोटाले विस्थापित भइसकेका तुइनमा मानिस चढेर अझै नदी तरिरहेको अवस्था नरहेकाले तुइन विस्थापनका विषय उठाइदिन पत्रकारहरुलाई आग्रह गर्नुभयोे ।

“सिद्धान्त मात्र पढेकाले हाम्रो पत्रकारिता सिकाइको चरणमा छ, त्यसैले आग्रह र पूर्वाग्रह त्याग्नु पर्छ”, उहाँले भन्नुभयो । साधारसभामा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेशसभा सदस्य डा रामकुमार अधिकारी, जगत सिङ्खडालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ८ : ५१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क