२०८३, १२ भाद्र शनिबार

सरकार समृद्धिको यात्रामा अग्रसर छ : रक्षामन्त्री पोखरेल

सरकार समृद्धिको यात्रामा अग्रसर छ : रक्षामन्त्री पोखरेल


रुकुम पूर्व, २५ मङ्सिर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका विरुद्धमा विपक्षीबाट तानाबाना बुन्ने काम भइरहेको आरोप लगाउनुभएको छ । रुकुमपूर्वको रुकुमकोटमा आज आयोजित प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारलाई असफल बनाउन सरकार विरुद्ध विभिन्न तानाबाना बुन्न थालिएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“वर्तमान सरकार जनताको मत र विश्वासमा बनेको हो”, उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा छौं, केही चिच्याउँदैमा, विरोध गर्दैमा केही फरक पर्दैन ।” दुई तिहाइको मतमा बनेको सरकार समृद्धिको यात्रामा अग्रसर रहेकाले पनि साना तिना जालझेलका पछाडि नलाग्ने उहाँले स्पस्ट पार्नुभयो ।

सरकार आफ्नो प्रतिबद्धताअनुसार अगाडि बढिरहेको बताउँदै उहाँले सरकार सामाजिक सुरक्षाका हिसाबले गम्भिर रहेको जानकारी गराउनुभयो । यसैबीच भौगोलिक विभाजनका क्रममा कान्छो जिल्ला बने पनि रुकुम पूर्व विकासमा अग्रसर जिल्ला बन्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ६ : ३४ बजे

रसुवामा बाढीको चौथो दिन : उद्धारको सरकारी आँकडा र पीडितको अवस्था किन फरक ?

काठमाडौं । भोटेकोशी बाढीले रसुवाको ठूलो भूभाग तहसनहस बनाए पनि जिल्लाका

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने सहमति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार

गण्डक ब्यारेजमा बाढीले बगाएका ५४ शव, २५ जनाका अंग भेटिए

रुपन्देही । बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव नारायणी नदी

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो