२०८३, १ असार मंगलबार

सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै

सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै


काठमाडौँ, २४ मङ्सिर : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ ।

डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१६ को तथ्याङ्कलाई विश्लेषण गर्दा सडक दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्याङ्कभन्दा यो सङ्ख्या एक लाखले बढी हो ।

डब्लुएचओका महानिर्देशक डा ट्रेडोस अधानोम गेब्रेएससले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सडक दुर्घटना कम हुने उपाय अवलम्बन गर्न सबै साझेदार र सरकारलाई आह्वान गर्नुभएको छ । यस वर्षको प्रतिवेदनमा सन् २०१६ भरिमा भएका सडक दुर्घटनाका मृतकको सङ्ख्याका आधारमा अनुमान तयार पारिएको छ । नेपालमा सडक दुर्घटनामा मर्नेको सङ्ख्या चार हजार ६२२ रहेको अनुमान गरिएको छ । नेपालका लागि सडक दुर्घटनाबाट हुने मृत्युको दर १५.९ प्रतिएक लाख जनसङ्ख्या अनुमान गरिएको छ ।

बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तानमा यो दर नेपालभन्दा कम (१४ र १५ को बीचमा) रहेको छ । प्रतिवेदनअनुसार पश्चिम अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम (०.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ६ : १२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई