२०८२, २१ फाल्गुन शुक्रबार

अख्तियारको ‘स्टिङ अपरेशन’ मा ११ कर्मचारी

अख्तियारको ‘स्टिङ अपरेशन’ मा ११ कर्मचारी


हेटौँडा, २३ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको साउनयता ‘स्टिङ अपरेशन’का क्रममा ११ जना कर्मचारी रङ्गेहात फेला पारेको जनाएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अख्तियारको हेटौँडा कार्यालयले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा ती कर्मचारीलाई रङ्गेहात फेला पारेको जनाएको हो । अख्तियारले चालू आवको पहिलो चौमासिक अवधिको विभिन्न मितिमा ‘स्टिङ अपरेशन’ चलाएको थियो ।

अख्तियार टोलीले धोबिनी गाउँपालिका पर्साका लेखापाल कृष्णानन्दन राय र नायब सुब्बा ऐनामूलक अन्सारीबाट रु एक लाख १० हजार, शहरी विकास तथा भवन डिभिजन कार्यालय भैरहवाका डिइ सुरेश ठाकुर पत्नी अनिता ठाकुरबाट रु १२ लाख ५० हजार नगद र रु २४ लाख २२ हजारको बैंक भौचरसहित रङ्गेहात फेला पारेको हो । मकवानपुर थाहा नगरपालिका पालुङबाट सव–इञ्जिनियर कलराज न्यौपाने रु दुई हजार, जुद्ध मावि गौरका शिक्षक प्रमोद ठाकुरबाट ४५ हजार, नापी कार्यालय गौरका धीरेन्द्रकुमार ठाकुरबाट रु १४ हजारसहित नियन्त्रणमा लिएको हो ।

विद्युत् प्राधिकरण भरतपुरका कार्यालय सहायक कृष्णबहादुर सुवेदीबाट रु २० हजार, वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृत मन्जुर आलम, नासु शशिभुषण साहबाट १ लाख, शिक्षा विकास तथा समन्वय एकाइ पर्साका उपसचिव लालबाबु साहबाट रु ४० हजार र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार सुधामा हजारबाट रु एक लाखसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारको हेटौँडा कार्यालयले चालू आवको कात्तिक मसान्तसम्म ५५५ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये २५५ उजुरी फछ्र्याैट भइसकेका छन् । विस्तृत अनुसन्धान भइरहेका ५६ मध्ये २३ मुद्दामात्र फछ्र्यौट भएका छन् । हेटौँडास्थित कार्यालयले बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, दोलखा र रामेछाप जिल्ला हेर्दै आएको छ । आयोगका कार्यालय प्रमुख हुमकला पाण्डेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरी बढी आउने गरेको बताउनुभयो । आयोगले दिएका सुझाव पालना नगर्दा, सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा भ्रष्टाचार नियन्त्रणमा समस्या देखिएको उहाँको भनाइ छ ।

अख्तियारद्वारा आयोजित क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले प्रदेश सरकारको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : २४ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको