२०८३, १८ आश्विन सोमबार

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’


काठमाडौँ, २२ मङ्सिर : मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म थापागाउँ कुञ्ज थिएटरमा मञ्चन भइरहेको हो । नाटक हरेक दिन साँझ ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।

नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको निर्माताको भनाइ छ । ‘लिलामे माइलो’ पारिवारिक नाटक हो र यसमा सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिको स्थानीय रहसन, संस्कृति, पर्व, गाउँले जीवन घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रुपमा प्रस्तुत् गरिएको छ ।

निर्माता राजाराम गौतमका अनुसार मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर कथा तयार गरिएको छ । निर्माता राजाराम गौतम तथा कथा÷निर्देशक प्रभाकर न्यौपाने, कलाकार सलमान खान, निशा पाख्रिन, राजन भुजेल आदि छन् । पूर्वी नेपालका आदिवासी जनजातिमध्येको मगर जातिको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नाका साथै पर्यटकीय क्षेत्र राजारानी ताललाई प्रवद्र्धन गर्न मद्दत पुग्ने निर्माता गौतमको धारणा थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : ३७ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन