२०८२, ७ फाल्गुन बिहीबार

कारागारलाई सुधार गृहमा विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

कारागारलाई सुधार गृहमा विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


पोखरा, २२ मङ्सिर: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कारागारलाई सुधार गृहका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ । पोखरास्थित कास्की जिल्ला कारागारको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्तरुपमा कुरा गर्दै उहाँले कैदीबन्दीलाई आफूले गरेको अपराधजन्य कार्यप्रति पश्चातापको महसुश गर्ने गरी परिवर्तन गराउनुपर्ने बताउनुभयो ।

कैद समय भुक्तान भएपछि सकारात्मक सोचका साथ सामाजिक जीवनयापन गर्ने वातावरण निर्माण हुनु आवश्यक रहेकामा उहाँको जोड छ । कारागारको भौतिक पूर्वाधार तथा कैदीबन्दीको अवस्थाबारे जानकारी लिनु हुँदै उहाँले बन्दीले उठाएका जायज मागप्रति प्रदेश एवम् सङ्घीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न तीन वटा ब्लकमा ५३ महिलासहित कूल ७५८ जना कैदीबन्दी रहेको कास्की कारागारका निमित्त जेलर विष्णु सुवेदीले जानकारी गराउनुभयो । कारागारको क्षमता भने तीन सयजना राख्न सक्ने रहेको जनाइएको छ । उहाँका अनुसार कास्की कारागारमा कैदीबन्दीको सुविधाका लागि प्रत्येक ब्लकमा किनारा, मासु, सैलुन लगायतका व्यापारिक कक्ष राखिएको छ भने स्वआयआर्जनका लागि पुरुषले मोहडा र महिलाले हस्त निर्मित घरेलु सामान बनाउने गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : ०२ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि