२०८३, १ असार मंगलबार

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र


काठमाडौँ, २२ मङ्सिर : सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् ।

चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् । ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेका हुन् । यस्तै २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाले पनि त्यस्तो अनुमतिपत्र लिएको छ । सो आयोजनाको प्रवद्र्धक मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी रहेको छ । कूल १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको प्रवद्र्धक बुटवल पावर कम्पनी रहेको छ । उक्त आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ह्याबिट्याट पावर कम्पनीले निर्माण गर्ने पाँच मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने पाँच दशमलव आठ मेगावाट क्षमताको माथिल्लो फावाले पनि हालै विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ । सेञ्चुरी इनर्जी प्रालिले प्रवद्र्धन गर्ने शून्य दशमलब नौ सात मेगावाट क्षमताको हाडी खोला, गोरक्ष इनर्जी प्रवद्र्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवद्र्धन गर्ने शून्य दशमलब नौ पाँच मेगावाट क्षमताको तौथली खोलाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ । विभागका अनुसार हाल सरकारको बास्केटमा रहेका आयोजनाको सङ्ख्या १०२ छन् । ती आयोजनाको क्षमता दुई हजार ७७० मेगावाट रहेको छ । यस्तै एक मेगावाटभन्दा माथि रहेका कूल ७४ आयोजनाबाट एक हजार तीन मेगावाट र एक मेगावाटभन्दा साना १५ आयोजनाबाट ११ मेगावाट गरी कूल एक हजार ११४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : ३७ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई