२०८३, ३१ जेष्ठ सोमबार

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल


काठमाडौँ, २१ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य पाउने जनताको संविधान प्रदत्त मौलिक अधिकारलाई सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

जेनेटिक डिजिज (बंशानुगत रोग) सम्बन्धी आज यहाँ आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सबै रोगको उत्पत्ति जेनेटिक भएकाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनु जरुरी रहेको छ भन्नुभयो ।

बंशानुगत रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिँदै अध्यक्ष दहालले यसका लागि सरकार र राजनीतिक दलले सहयोग गर्ने उल्लेख गर्नुभयो । “निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ सरकार अगाडि बढेको छ । समृद्धि र विकासको यात्रामा देश अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा बंशानुगत रोगका विविध पक्षमाथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले बंशानुगत रोगका बारेमा परिषद्ले अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : ३० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क