२०८३, १ असार मंगलबार

बाढीबाट विस्थापितको घर बनाइदिइने

बाढीबाट विस्थापितको घर बनाइदिइने


विराटनगर, १९ मङ्सिर: इच्छा शक्ति भएमा विदेशमा बसेर पनि स्वदेशमा समाजिक सेवामा समर्पित हुन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ओखलढुङ्गाका कृष्णकुमार कार्की । हाल जापानमा कार्यरत कार्कीले गएको वर्ष बाढीबाट पीडित मोरङ रतुवामाई नगरपालिका–३ महादेवा वर्ती टोलका १० घरपरिवारलाई नयाँ घर बनाएर सहयोग गर्न लाग्नुभएको छ ।

बाढीबाट सो टोलका २३ घरपरिवार विस्थापित भएका थिए । तीेमध्ये अतिगरिब, विपन्न र अशक्त १० घरपरिवारलाई नयाँ घर बनाएर आफ्नो जन्मदिन मनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजसेवी कार्कीले सो जानकारी दिनुभएको हो । बाढीबाट विस्थापित भएका अतिगरिब, विपन्न तथा अशक्तहरुको घर निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको र ती जग्गामा समाजसेवी कार्कीले रु २० लाखको निजी खर्चमा घर बनाउने भएको छ ।

पुसको २० गतेभित्रमा निर्माण सम्पन्न गरी उनीहरुलाई घर हस्तान्तरण गर्ने योजना रहेको निर्माण कार्यमा जुट्नुभएका इञ्जिनियर चित्रकुमार कार्कीले जानकारी दिनुभयो । यसअघि कार्कीले हेटौँडामा रु सात लाखको लागतमा दुव्र्यवसनीका लागि आयआर्जनका काम गर्नुभएको छ भने आफ्नै गृह जिल्लाको एक विद्यालयमा रु दुई लाखको सहयोग गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ७ : ४३ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई