२०८३, ३१ जेष्ठ सोमबार

‘वाइड वडी खरीद पक्रियालाई गम्भीरतापूर्वक लिइएको छ’:मन्त्री अधिकारी

‘वाइड वडी खरीद पक्रियालाई गम्भीरतापूर्वक लिइएको छ’:मन्त्री अधिकारी


काठमाडौँ, १९ मङ्सिर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले समग्रतामा सबै विधि र प्रक्रिया पूरा गरेर जहाज खरीद गरेको देखिए पनि कुन कुरा ठीक थियो, कुन कमजोरी रह्यो भन्नेबारेमा छानविन र अध्ययन भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कहीँ कुनै अनियमिता, कमजोरी भएको छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर कारवाही गर्नेछ, अध्ययन र छानविन भइरहेको छ, आवश्यकता परेमा उच्चस्तरीय छानविन समिति गठन गरिनेछ, निगमलाई राम्रो गराउने सन्दर्भमा कुन बाटो हिँड्दा उपयुक्त हुन्छ सरकार समितिसग परामर्श गरेर अघि बढ्न तयार छ ।” पछिल्लो समय तोक आदेशमा निगमका जहाजको टिकट किनबेच हुने प्रवृत्ति हटाइएको, बजार व्यवस्थानमा सुधार ल्याउन कोशिस भइरहेको र समयमा जहाज उडाउने कुरामा निकै ध्यान दिइएको बताउँदै मन्त्री अधिकारीले भन्नुभयो, “नयाँ ल्याइएको वाइड बडी जहाजले जति उडान भर्नु पर्दथ्यो त्यसको आधा समयमात्र उडेको छ, पूरा समय उडेको छैन ।”

हवाई उडान सम्बन्धमा ३९ देशसँग सम्झौता भए तापनि युरोपियन युनियनले नेपालको जहाज उडानमा कालो सूचीमा राखेका कारण कतिपय मुलुकमा उडान प्रभावित हँुदै आएको उहाँले बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “युरोपियन युनियनलगायतको प्रतिबन्ध हटाउन कूटनीतिकलगायतका माध्यमबाट प्रयास भइरहेकाले मलाई आशा छ, आगामी चैत वैशाखसम्ममा हट्ने छ ।”

आम नागरिकले निकै आशा र भरोसा गरेका व्यक्ति मन्त्री अधिकारीबाट निराशा झल्कने जवाफ आउन हुन्न भन्दै सांसदहरुले पैसा नकमाउने भए निगमले खरीद गरेको जहाजको कुनै औचित्य नरहने तर्क प्रस्तुत गर्नुभयो । निगमको वाइड बडी जहाज खरीदमा भएको अनियमिताका सम्बन्धमा हालसम्म गरेको अध्ययनबाट ३८ वटा प्रश्न उब्जेको बैठकमा जानकारी दिइयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ६ : २४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क