२०८३, २७ श्रावण बिहीबार

निगमको बोइङ मलेसियामा अलपत्र

निगमको बोइङ मलेसियामा अलपत्र


काठमाडौँ, मंसिर १९ : सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ ।

निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ, ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्रोतले भन्यो, ‘व्यवस्थापनको बेलैमा निर्णय नगर्दा डेढ महिना भइसक्यो जहाज फर्किएन।’ क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो।

त्यो विमानको इन्जिनमा हुने सी डक्ट उपकरण नै इन्जिनियरले फेर्नुपर्ने सुझाव दिएका थिए। बोइङ कम्पनीका इन्जिनियरले पनि मलेसियन प्राविधिककै सुझावअनुसार विमान मर्मत गर्नुपर्ने भनेको छ। उक्त उपकरणको २ लाख डलर हाराहारी २ करोड २५ लाख रुपैयाँ लागत पर्ने भनिएको थियो।

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ७ : ४३ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष