२०८३, १२ भाद्र शनिबार

नियमविपरीत १६ जिल्लामा कामु सिडिओ

नियमविपरीत १६ जिल्लामा कामु सिडिओ


काठमाडौँ, मंसिर १ ६: निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी (सिडिओ) खटाएको छ ।सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन नपाइने प्रावधान छ ।

इलाम, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, महोत्तरी, बारा, सिन्धुपाल्चोक, तनहुँ, बाग्लुङ, स्याङ्जा, गुल्मी, नवलपरासी, नवलपरासी (पूर्व), बर्दिया र डोटीमा ६ महिनाभन्दा लामो समयदेखि कामु सिडिओ छन् ।

सहसचिव अभाव भएकाले धेरै जिल्लामा उपसचिवलाई कामुको जिम्मेवारी दिएर खटाउनुपरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘सहसचिवको अभाव भएकाले कामु सिडिओहरूलाई नै निरन्तरता दिइएको हो,’ उनले भने, ‘यसका लागि विगतको नजिरका आधारमा सरकारले सहसचिव उपलब्ध नभएसम्म उनीहरूलाई अधिकार दिएको छ ।’

लोकसेवा आयोगले सहसचिवको नयाँ विज्ञापन नखुलाएको र धेरै सहसचिवलाई प्रदेशमा खटाइएकाले पनि उपसचिवलाई कामु दिएर खटाउनुपरेको गृहका अधिकारी बताउँछन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : ५१ बजे

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका

नाडा अटो शो : रोजाइमा ‘मेड इन नेपाल-मेड फर नेपाल’

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो

रसुवामा बाढीको चौथो दिन : उद्धारको सरकारी आँकडा र पीडितको अवस्था किन फरक ?

काठमाडौं । भोटेकोशी बाढीले रसुवाको ठूलो भूभाग तहसनहस बनाए पनि जिल्लाका

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने सहमति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार

गण्डक ब्यारेजमा बाढीले बगाएका ५४ शव, २५ जनाका अंग भेटिए

रुपन्देही । बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव नारायणी नदी