२०८३, १७ आश्विन आईतबार

सुर्खेतमा बस दुर्घटना: एकको मृत्यु, ४५ घाइते

सुर्खेतमा बस दुर्घटना: एकको मृत्यु, ४५ घाइते


सुर्खेत, १५ मङ्सिर: यहाँ यात्रुवाहक बस दुर्घटना हँुदा एकको मृत्यु र ४५ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको कटकुवामा बस दुर्घटना हँुदा ४५ जना घाइते भएका छन् । वनभोज खाएर फर्कदै गरेको भे१ख ८५९ नम्बरको बस कपासे नजिकै मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतलाई उद्धार गरी अस्पताल पठाइएको र उनीहरुको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ, माया नर्सिङ होम तथा देउती असपतालमा उपचार भइरहेको प्रहरी प्रमुख रजौरेले जानकारी दिनुभयो । दुर्घटनास्थलमा छ जनाभन्दा बढी गाडीमुनि च्यापिएकाले उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ । जनजागृति युवा क्लब लेकबेंशी–८ गन्नेपानीको वनभोज टोली दुर्घटनामा परेको हो । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ८ : ०६ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन