२०८३, ३१ जेष्ठ सोमबार

आर्थिक विकासका लागि मार्ग प्रशस्त भयो : अर्थमन्त्री खतिवडा

आर्थिक विकासका लागि मार्ग प्रशस्त भयो : अर्थमन्त्री खतिवडा


काठमाडौँ, १५ मङ्सिर: अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समय श्रम सम्बन्धमा सुधार आएकाले मुलुकको आर्थिक विकासका लागि मार्ग प्रशस्त भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१औँ स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभयो । व्यापार घाटा बढ्नु मुलुकका लागि दुःखद् रहेको भन्दै उहाँले निर्यात बढाउनेतर्फ पनि सरकार, उद्योगी तथा व्यवसायी केन्द्रित हुनुपर्ने बताउनुभयो ।

आर्थिक विकासका लागि केही समय आयात नबढाइकन सुखै नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामीलाई आर्थिक विकास पनि चाहिएको छ, लगानी पनि बढाउनुपरेको छ । त्यसका लागि आयात थप भएपनि हाम्रो सोच निर्यात बढाउनेतर्फ क्रियाशील हुनुपर्छ ।” सरकारले करको बोझ थप गरेको भनेर गरिएको प्रचारमा सत्यता नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले लगानी सम्मेलनअगावै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन, नियम तथा कानून तयार पारिसक्ने बताउनुभयो ।

सरकारले आगामी जेठमा लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै उहाँले विदेशी लगानी भित्र्याउनका लागि सरकारले आवश्यक कानूनी प्रबन्धसमेत गर्न लागेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष सतिशकुमार मोरलगायतले सरकार, आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार र उद्योगी व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले ‘अर्थनीति’ नामक स्मारिकाको विमोचन गर्नुभयो । कार्यक्रममा नागरिक दैनिकका पत्रकार रुद्र खड्कालाई सेजन अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ४५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क