२०८३, १ असार मंगलबार

कक्षा १० मा अध्ययनरत विद्यार्थीले ड्रोन उडाए

कक्षा १० मा अध्ययनरत विद्यार्थीले ड्रोन उडाए


दार्चुला, १५ मङ्सिर : महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको ध्यान खिचेका छन् ।

रिमोट कन्ट्रोलको माध्यमबाट क्यामरालाई नियन्त्रण गरिने यस प्रविधिमा घरायसी वस्तुको प्रयोग गरिएको छ । “गुगलमा ड्रोन क्यामरा बनाउने प्रविधि हेरेरै एक हप्तामा क्यामरा तयार गरेको हँु”, जोशीले भन्नुभयो । सानैदेखि विज्ञान विषयमा रुचि रहेको र नयाँ खोज अनुसन्धानमा उनको रुचि छ । “विज्ञानमार्फत नयाँ प्रविधिमा रम्न रुचाउँछु”, उहाँले भन्नुभयो, “ड्रोन क्यामराको लागि चाहिने मोटर काठमाडाँैबाट मगाएर बनाएको हँु ।”

गत वर्ष प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत उनले दार्चुलामा भएको कार्यक्रममा बम डिस्पोजल सामग्री बनाएका थिए । जसको कारण जिल्लामा मात्र नभएरै प्रदेशमै उत्कृष्ट भएका थिए । जोशीले एकपछि अर्को विज्ञानमा देखाएको प्रदर्शनले विद्यालयको मात्र नभई समग्र जिल्लाको पहिचान गराएको विद्यालयका शिक्षक जयराज जोशीले बताउनुभयो । दुई चार वर्षयता विद्यालयमा प्रतिभावान विद्यार्थी देखिँदै आएका छन् । शुरुमा विद्यार्थीलाई विज्ञानमा खोजी गर्न आफँैले सामग्री व्यवस्थापनदेखि सबै क्रियाकलाप सिकाउनुपर्ने अवस्था थियो, तर हाल आएर विद्यार्थीले प्रतिस्पर्धात्मक रुपमा विज्ञानमा नयाँ प्रतिभा देखाइरहेका छन् ।

दुई वर्षअघि महेन्द्र नमूना मावि खलङ्गाका वीरेन्द्र बडाल र साहित्यमा गोविन्द डडालले राष्ट्रिय प्रतिभा पहिचानमा सहभागिता जनाएका थिए । गत वर्ष विद्यालयको तर्फबाट सहभागी भएका गणितमा धिरज भट्ट र विज्ञानमा मनिष जोशीले राष्ट्रिय प्रतिभा पहिचान कार्यक्रममा तृतीय स्थान हासिल गरेका थिए । भने साहित्यमा राजेन्द्रप्रसाद बडूले सान्तवना स्थान हासिल गरेका थिए । विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भन्नुभयो, “गत वर्षको भन्दा अझै परिस्कृत रूपमा विज्ञानमा नयाँ खोज भएको छ । यसपटक राष्ट्रिय प्रतिभा पुरस्कारमा पहिलो स्थान हासिल गर्ने गरी विद्यार्थीले मेहनत गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : ११ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई