२०८२, २४ चैत्र बुधबार

‘नैतिक बल नै मानवीय सम्पत्ति’: महेश बस्नेत

‘नैतिक बल नै मानवीय सम्पत्ति’: महेश बस्नेत


काठमाडौँ, १४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले विकास निर्माण गर्न तथा देशलाई समृद्ध बनाउन जो कोहीका लागि कार्यगत शुद्धता र नैतिक बल नै मानवीय सम्पत्ति हुने बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति, एकिकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै सांसद बस्नेतले देशलाई विकसित र परिस्कृत बनाउन राज्यका सबै निकाय तथा अङ्गमा कार्यगत रुपमा उत्साह र उमङ्ग थप्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीभित्र भएको विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनमा कर्मचारीको भूमिका मूख्य हुने भएकाले संवेदनशिल भई अघि बढ्न कर्मचारीलाई उहाँले आग्रहसमेत गर्नुभयो । संविधानसँग बाझिएका ऐनलाई आगामी सङ्घीय संसद्को अधिवेशनले सच्याउने छ,” बस्नेतले भन्नुभयो ।

उद्योग मन्त्रालयका सहसचिव सत्रुघनप्रसाद पुडासैनीले राष्ट्रले विकास र समृद्धिको लागि नयाँ गति लिएकाले सकारात्मक सोचका साथ हातेमालो गर्दै अघि बढ्न सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभयो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले भ्रम र आशङ्कित बनाएर राजनीति गर्न नहुनेमा जोड दिनुभयो । पेशागत महासङ्घका उपाध्यक्ष कृष्णमान प्रधानले घरेलु तथा साना उद्योगले सिप सिकाएर उद्यमशिल नागरिक जन्माउने तथा स्वदेशमा नै रोजगारी तथा आर्थिक उन्नतिको मेरुदण्डको रुपमा कार्य गर्दै आएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ९ : २६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि