२०८३, १२ भाद्र शनिबार

पूर्वप्रधानमन्त्री विष्ट नेपालीको सम्मानित व्यक्तित्व : प्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्री विष्ट नेपालीको सम्मानित व्यक्तित्व : प्रधानमन्त्री ओली


काठमाडौँ, १४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताउनुभएको छ । ‘कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेता’ नामक पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले देशभक्त नेताका रुपमा नेपालको इतिहासमा अङ्कित विष्टको नाम कहिल्यै नमेटिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “शब्दमा मात्र होइन, व्यवहारमा नै उहाँ राष्ट्रवादी नेता हो, जस्तै परिस्थितिमा पनि देशभक्त र देशभक्तिको भावनाले काम गर्न सकिँदोरहेछ भन्ने उदाहरण पूर्वप्रधानमन्त्री विष्टले प्रस्तुत गर्नुभएको थियो ।” उहाँले एउटा स्वतन्त्र र सार्वभौम देशको सिमानामा रहिआएको अर्काे देशको सुरक्षा चेक पोस्ट हटाएर नेपालको पक्षमा ठूलो काम गर्नुभएका पूर्वप्रधानमन्त्री विष्ट बाघसँग कुस्ती खेलेर देशलाई अप्ठेरो परेका बेला देशभक्ति देखाउने नेपालीले आदरपूर्वक सम्मान गर्नुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।

“देशको माया गर, देशभक्त हौँ, कायल र कातर नहोऊँ, सत्यको पक्षमा काम गर” भन्ने विष्टलाई केही वर्षअगाडि भेट्न जाँदा आफूलाई गुरुको अगाडि बसिरहेको विद्यार्थीजस्तो महसुश भएको घटना स्मरण गर्दै प्रधामन्त्री ओलीले भन्नुभयो, “आफूले भेटेको मुलुकको पहिलो प्रधानमन्त्री नै उहाँ हुनुहुन्थ्यो ।” उमेरको पुस्तान्तरण भए पनि राष्ट्रियताप्रतिको भावना स्व विष्ट र आफ्नो एउटै रहेको बताउँदै प्रधामन्त्री ओलीले राष्ट्रिहित र सन्तुलित परराष्ट्रनीतिको व्यावहारिक प्रयोगमा निपूर्ण पूर्वप्रधानमन्त्री विष्टको जीउडालजस्तै विद्वत र विचारमा पनि अग्लो रहनुभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री विष्टका छोरा विनोद विष्टले आफ्ना पिताको राष्ट्रप्रतिको प्रेम र विकास र समृद्धिका लागि चालेका कदमबारे सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । उक्त पुस्तकमा तत्कालीन नेपालको अवस्था र राजा महेन्द्रको भूमिका, वीरेन्द्र र विष्टबीचको सहकार्य, पारिवारिक परिवेश, शिक्षा र राजनीतिमा प्रवेश, सत्तामा नरहँदा जारी प्रयास, विष्टको राष्ट्रिय अवधारणालगायत विषयवस्तु समेटिएको छ । उक्त पुस्तकमा विष्टसँग सम्बन्धित महत्वपूर्ण तस्बीरसमेत विसं १९८३ माघ २ गते काठमाडौँको वटुमा जन्मिएका विष्टको २०७४ साल कात्तिक २५ गते निधन भएको २४ गते निधन भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ६ : ५६ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका

नाडा अटो शो : रोजाइमा ‘मेड इन नेपाल-मेड फर नेपाल’

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो

रसुवामा बाढीको चौथो दिन : उद्धारको सरकारी आँकडा र पीडितको अवस्था किन फरक ?

काठमाडौं । भोटेकोशी बाढीले रसुवाको ठूलो भूभाग तहसनहस बनाए पनि जिल्लाका