२०८३, १७ आश्विन आईतबार

सावधान बिहिबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम, नत्र पछुताउनु पर्ला !

सावधान बिहिबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम, नत्र पछुताउनु पर्ला !


बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।

यी हुन् बिहिबार गर्न नहुने ५ मुख्य कार्य :

१. कपाल नुहाउनु हुदैन
शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

२. रौं काट्नु हुँदैन
बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

३. दारी काट्ने वा नङ काट्ने गर्नु हुदैन
बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

४. भारी कपडा धुने र फोहोर हटाउने काम नगर्नु नै उत्तम
बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम हुन्छ । बिहिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहिबारको दिन ठूला-ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ ।

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।

५. लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पतिपत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ११ : ०० बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन