२०८३, २७ श्रावण बिहीबार

सुनेन सरकार भूकम्प पिडितको रोदन

सुनेन सरकार भूकम्प पिडितको रोदन


काठमाडौं, मंसिर १३ : ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती सबै मापदण्ड मान्न सकिँदैन ।’सांसद् सुनुवारले स्थानीय तहलाई जिम्मेवारी दिए पुननिर्माणमा प्रभावकारिता आउने र वास्तविक पीडितले राहत पाउने बताउनुभयो । उहाँले भारत सरकारले दिने भनेको १ सय अर्ब रुपिँयाको बारेमा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रश्न गर्नुभएको थियो ।

समितिले भूकम्पपछिको पुननिर्माणको कार्यप्रगति र आगामी कार्ययोजनाका बारेमा जानकारी लिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाएको थियो । ज्ञवालीले सांसदको प्रश्नको जवाफ दिँदै राजनीतिक र प्राबिधिक समस्याका कारण समयमा नै सोचेजस्तो काम गर्न नसकेको स्वीकार्नुुभयो ।‘सबै कुरा भनिरहनु पर्दैन, ती पहिलेका कुरा नगरौं तर अब पुननिर्माणले गति लिन्छ’ ज्ञवालीले भन्नुभयो ‘ पहिलो कुरा प्राधिकरण गठन नै ढिलो भयो, कार्यविधि बनाउन समय लाग्यो,चाहिए जति बजेट नपाउँदा चाहेर पनि म एक्लैले केही गर्न सक्दिन ।’

ज्ञवालीले प्राधिकरणमा बसेर काम गरिरहेका कर्मचारीलाई सरुवा नगर्न र अन्त नपठाउन सरोकारवालालाई आग्रह गर्नुभयो । ‘माननीयज्यूहरुको पनि यसमा सहयोग चाहिन्छ, कसले राहत पाउने हो र कसले पाउने होइन त्यसबारे पनि चासो राखिदिनुहोला’ उहाँले भन्नुभयो ‘वडासम्म नै समिति बनाएर पुननिर्माणलाई गति दिने हाम्रो योजना हो ।’यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : २१ बजे

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा