२०८३, २७ श्रावण बिहीबार

सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो

सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो


काठमाडौं, मंसिर १३ : नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी पद खाली छ ।

पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्ति भएको केही दिनभित्रै बरिष्ठ उपरथी अनुज बस्न्यातलाई रथीमा बढुवा गर्नु पर्नेमा प्रधानसेनापति थापाले आफ्नो नाता गोताको लागि सेटिङ मिलाउन खोज्दा बस्न्यातको बढुवा धरापमा परेको हो ।

नेपाली सेनाको इतिहासमा यति धेरै अवधिसम्म रथी पद खाली रहेको यो पहिलो घटना हो । पृथ्वीनारायण शाहको एकिकरण कालदेखि नै रही आएको थापा र बस्न्यातबीचको द्धन्द्ध यस पटक फेरि छरप्रस्ट रुपमा बाहिरिएको छ ।

प्रधानसेनापति थापाले आफ्ना बहिनी ज्वाई राजेन्द्रबहादुर कार्कीलाई रथीसम्म पुर्याउने गलत मनसायले बस्न्यातको बढुवालाई अनेकाँै बहानाबाजी गरेर रोकेको सैनिक उच्च स्रोतले जानकारी दिएको खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ०७ बजे

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा

होल्डिङ सेन्टरमा ५७ वर्षीय पासवान झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–स्थित बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा

महिला सहकारीलाई प्रविधिमैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा प्रबिधि हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा