२०८३, १२ भाद्र शनिबार

अब को बन्ला प्रधानन्यायाधीश ? भावी प्रधानन्यायाधीशका लागि जोशी र जबरा सिफारिस

अब को बन्ला प्रधानन्यायाधीश ? भावी प्रधानन्यायाधीशका लागि जोशी र जबरा सिफारिस


काठमाडौँ, ११ मङ्सिर : न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश लिँदै हुनुहुन्छ ।

प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : ५४ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका