२०८३, १७ आश्विन आईतबार

गुलरिया जोगाउन तटबन्ध निर्माण गरिने

गुलरिया जोगाउन तटबन्ध निर्माण गरिने


धम्बोझी, ११ मङ्सिर :बर्दियाको सदरमुकाम गुलरियालाई बबई नदीमा आउने बाढीबाट जोगाउन यस वर्ष करीब छ किलोमिटर तटबन्ध निर्माण गरिने भएको छ । नदी व्यवस्थापन गर्न सञ्चालनमा आएको बबई भादा औराही नदी व्यवस्थापन आयोजनले जोखिमयुक्त स्थानहरूमा नदी व्यवस्थापनलाई तीव्र रूपमा अगाडि बढाएको छ । गुलरिया नगरपालिकाको पण्डितपुर, जब्दिघाट, रामपुरटापु बालापुर, प्रयागपुर, पशुहाट, थपुवा र लट्कनियाबाट नदी शहर पस्ने गरेको छ ।

नदीले वर्षेनि विध्वंश मच्चाउँदा बर्दियावासी हैरान भएका थिए । बबई नदी व्यस्थापन गर्न भनेर बबई भादा औराही नदी व्यवस्थापन आयोजना स्थापना गरिएको थियो । यस आयोजनाका लागि प्रत्येक वर्ष ७८ करोड विनियोजन हुने भएको भए पनि चालु आवमा सरकारले रु २१ करोड ५० लाख मात्र उपलब्ध गराएको बताउँदै आयोजना प्रमुख जीतबहादुर थापाले रकम थप गर्न सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले पाँच वर्षभित्र बबई नदीको दाहिने किनारातर्फ पर्ने सङ्गम बस्तीदेखि भारतीय सिमानाको लट्कनिया गाउँसम्म २८ किलोमिटर नदी व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको र त्यसै अनुरूप तीव्र्र गतिमा काम भइरहेको बताउनुभयो । बबई नदी व्यवस्थापनमा यतिबेला १५ स्थानमा धमाधम काम भइरहेको छ ।

प्रत्येक वर्ष आउने बाढीले गुलरियावासीको जीवनयापनमा निकै समस्या पार्ने गरेको हुनाले तीव्र गतिमा काम अगाडि बढे बाढीबाट नगरवासीलाई मुक्त गराउन सकिने भएकाले तीव्र रूपमा काम अगाडि बढाउनुपर्ने गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो । गुलरिया नगरपालिकाको सङ्गम बस्तीबाट नदी पस्दा संरक्षित जनावर कृष्णसारसमेत सङ्कटमा परेको गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टङ्क अधिकारिले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : १२ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन