२०८२, २५ चैत्र बिहीबार

यी हुन् गाडी किन्ने रकम अस्पताललाई दिने मेयर

यी हुन् गाडी किन्ने रकम अस्पताललाई दिने मेयर


टीकापुर,  मंसिर ११ : कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि एकटक चर्चामा आएका छन् । बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आईरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन् ।

तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन् । उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन् ।

मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद् को निर्णय परिवर्तन गरेको हो । नगरसभाले कार्यापालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : ३६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि