२०८२, २ माघ शुक्रबार

रुद्राक्षको महत्व र चमत्कारी लाभ यस्तो छ पढ्नुहोस्

रुद्राक्षको महत्व र चमत्कारी लाभ यस्तो छ पढ्नुहोस्


काठमाडौं १० मंसीर : नेपाली धार्मिक विधीमा रुद्राक्षको ठूलो महत्व धेरै रहेको छ । सन्त, ऋषि एवं योगीहरुले रुद्राक्ष पहिरिने गर्छन् । नेपालमा रुद्राक्षको खेती र कारोबार समेत हुन्छ । तर, यसको महत्व के होला ?

रुद्राक्ष हरेक धार्मिक विधी शरीर, मन र पर्यावरणसँग जोडिएको हुन्छ । रुद्राक्ष त्यस्तै फल हो, जसको धार्मिक महत्व त छँदैछ, आर्युवेदिक एवं प्राकृतिक महत्व पनि छ । के फाइदा – रुद्राक्षले पैदा गर्ने इलेक्ट्रोम्याग्नेटिक गुणले शरीरमा चिकित्सकीय उपचार हुन्छ । यसले हृदय रोग, उच्च रक्तचाप र कोलोस्टोर नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । – यसले स्मरण क्षमता बढाउँछ । मधुमेह र मृगौला रोग नियन्त्रणमा पनि फाइदाजनक हुन्छ । रुद्राक्षको विज्ञान वैज्ञानिक तथ्यले भन्छ, रुद्राक्षमा इलेक्ट्रोम्याग्नेटिक गुणको कारण अद्भूत शक्ति हुन्छ ।

यसको औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट पैदा हुन्छ ।इन्टरनेशनल युर्निभर्सिटी फ्लोरिडाका वैज्ञानिक डेविड लीका अनुसार रुद्राक्षको प्रकृति इलेक्ट्रोम्याग्नेटिक वा प्याराम्यागनेटिक हुन्छ, यसको डाइनामिक पोलेरिटी विशेषता अद्भूत छ । यो आवेगले मस्तिष्कमा केहि केमकिल्सलाई प्रोत्साहित गर्छ, यस प्रकार शरीरको चिकित्सकीय उपचार हुन्छ । रुद्राक्षले शरीरमा स्पर्श गर्दा पनि भिन्नै महसुष हुन्छ ।

रुद्राक्षको मानसिक प्रभाव रुद्राक्ष बौद्धिक क्षमता र स्मरणशक्ति राम्रो बनाउनमा पनि उपयोगी सावित भएको छ । रुद्राक्ष धारण गर्दा चिन्ता, तनाव हट्छ । र, उत्साह र उर्जामा वृद्धि हुन्छ । रुद्राक्षको मुटुमा प्रभाव कीमोफार्माकोलिजिकल विशेषताका कारण रुद्राक्षले हृदयरोग, रक्तचाप एवं कोलोस्टोर नियन्त्रण गर्छ । स्नायु प्रणालीमा पनि यसको प्रभाव राम्रो हुन्छ ।

मृगौला एवं मधुमेह रोग नियन्त्रणमा समेत रुद्राक्ष उपयोगी सावित भएको छ । रुद्राक्षको धार्मिक महत्व शिव पुराण अनुसार रुद्राक्ष भगवान शिवको कृपाको प्रतीक हो । रुद्राक्षको उत्पत्ति शिवको आँशुबाट भएको मानिन्छ ।

यो मनका शिवको आँशुबाट त्यसबेला बन्यो, जब उनी एक गहिरो ध्यानबाट बाहिर आए । उनको आँखा खुलेको बेला केहि आँशुको थोपा झर्‍यो । त्यही आँशुको थोपाबाट रुद्राक्ष नामक वृक्ष उत्पन्न भयो भन्ने धार्मिक विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : २२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा