२०८२, २ माघ शुक्रबार

झापामा घरसँगै जलेर एकै परिवारका चार जनाको मृत्यु

झापामा घरसँगै जलेर एकै परिवारका चार जनाको मृत्यु


झापा, मंसिर १० :  झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । सोमबार बिहान प्राप्त जानकारी अनुसार आइतबार राति ९ बजेको समयमा आगलागी भएको हो ।

स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारकको घरमा सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ४३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा