२०८३, २७ श्रावण बिहीबार

‘शिर ठाडो हुने गरी काम गर्छु’: प्रहरी महानिरीक्षक खनाल

‘शिर ठाडो हुने गरी काम गर्छु’: प्रहरी महानिरीक्षक खनाल


दमौली, ९ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताउनुभएको छ । आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आज आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो ।

महानिरीक्षक खनालले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको र अभियान सार्थक बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यकपर्ने बताउनुभयो । सो अवसरमा स्थानीयवासी कृष्ण ढकालले आफ्नै ठाउँको मान्छे प्रहरीको उच्च सङ्गठनमा पुग्दा खुशी लागेको बताउनुभयो । स्थानीय रनबहादुर श्रेष्ठ, तीलक खत्रीलगायतले उच्च ओहोदामा पुगेर तनहुँको नाम राख्न सकेकामा प्रहरी महानिरीक्षकलाई बधाई ज्ञापन गरेका थिए । प्रहरी महानिरीक्षक खनालले आज नै इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र प्रहरी चौकी टुहुरे पसलकोसमेत निरीक्षण गर्नुभएको छ ।

यसबीच महानिरीक्षक खनालले समाजमा हुने अपराध र अपराधीको नेपाल प्रहरीले दोलो काढेर छाड्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको दशौँ दिन महानिरीक्षक खनालले भन्नुभयो, “एक÷दुई ठाउँमा घटना भयो भन्दैमा प्रहरी अत्तालिनु हुँदैन ।” उहाँले नागरिकको रक्षामा खटिएका ७५ हजार नेपाल प्रहरी सदैव कर्तव्यनिष्ट र असल प्रहरी बनेर शान्तिसुरक्षामा अहोरात्र खट्न समग्र प्रहरी सङ्गठनलाई आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : ५० बजे

महिला सहकारीलाई प्रविधिमैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा प्रबिधि हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पत्रकार डेकेन्द्रको शव पत्ता लगाउने निर्भीक पत्रकार याम शर्मा सम्मानित

दैलेख । द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन

रोल्पामा मध्यरातको पहिरो : २ को मृत्यु, १० बेपत्ता, उद्धारमा जुट्यो प्रहरी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण

पत्रकार पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट