२०८३, २७ श्रावण बिहीबार

निर्मलाका बुबालाई एयरलाइन्सले विमानमा चढाउन नमानेपछि…

निर्मलाका बुबालाई एयरलाइन्सले विमानमा चढाउन नमानेपछि…


कञ्चनपुर मंसिर ९ :  जहाजमा चढ्न नदिएपछि छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।

उपचारका लागि काठमाडौं लैजान विमानस्थल पुर्‍याइएका उनलाई एयरलाइन्सले विमानमा चढाउन नमानेका कारण अलपत्र परेका हुन् ।छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी थियो ।

त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए । तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परे ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : ५२ बजे

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पत्रकार डेकेन्द्रको शव पत्ता लगाउने निर्भीक पत्रकार याम शर्मा सम्मानित

दैलेख । द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन

रोल्पामा मध्यरातको पहिरो : २ को मृत्यु, १० बेपत्ता, उद्धारमा जुट्यो प्रहरी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण

पत्रकार पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट