२०८३, ३१ जेष्ठ सोमबार

हुम्लाबासीको पीडा : पाँच महिना कुराइ, पाँच किलो चामल

हुम्लाबासीको पीडा : पाँच महिना कुराइ, पाँच किलो चामल


सिमकोट , ८ मङ्सिर: शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए । बालबच्चालाई खुवाए अनि लागे खाद्य संस्थानको गोदामतिर । सामान्यतया महिनाको एक पटक पाउनुपर्ने खाद्यान्न पाँच महिनापछि वितरण हुँदै थियो । त्यसैले बिहान सबेरै खाद्यान्न लिन स्थानीय लाममा थिए । लाममा लाग्नेको सङ्ख्या ठूलै थियो ।

घर कुपनका आधारमा प्रति सदस्य पाँच किलो खाद्यान्न वितरण हुने भएपछि शुक्रबार बिहान ७.०० बजे लाम लागेको सिमकोट गाँउपालिका वडा नम्बर–५ की शिवा रावतले बताउनुभयो । तीन जना सदस्यको प्रति सदस्य पाँच केजीका दरले पाउने १५ केजी चामल लिन भण्डै चार घण्टा लाममा बस्नु परेको उहाँको गुनासो थियो ।

पाँच महिनाको ७५ केजी पाउनुुपर्ने हो, तर चार महिना खाद्यान्न वितरण नभएपछि १५ केजीमै चित्त बुझाउनु परेको उहाँले सुनाउनुभयो । बजारमा निजी क्षेत्रका ब्यापारीले मुगुबाट खच्चडमा ढुवानी गरेर ल्याएको प्रतिकेजी १८० रुपियाँ मूल्य पर्ने चामल किन्न नसकिने भएपछि बल्ल घरमा चामल पसेको उहाँले बताउनुुभयो । दशैँको बेला संस्थानले प्रतिपरिवार दुई केजीका दरल चामल चामल अक्षता मात्रै भयो । अहिले भने बल्ल घरमा चामल छिरेको अनुभव भएको उहाँले बताउनुभयो । पैसा भएर पनि चामल किन्न सकस भएको रावतले गुनासो गर्नुभयो । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ७ : ३६ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क