२०८२, १४ माघ बुधबार

खटाएको ठाउँमा नजानेलाई कडा कार्वाही हुन्छ : मन्त्री पण्डित

खटाएको ठाउँमा नजानेलाई कडा कार्वाही हुन्छ : मन्त्री पण्डित


भद्रपुर, ७ मङ्सिर: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा कडा कार्वाहीको गरिएको बताउनुभएको छ ।

झापाको भद्रपुरमा आज जिल्ला समन्वय समितिले आयोजना गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गर्दै मन्त्री पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई घर फर्किने बाटो खुल्ला गर्ने गरी कर्मचारी समायोजन अध्यादेश ल्याउन लागिएको छ भन्नुभयो । उहाँले गणतन्त्रमा कर्मचारीले झनै जनताको सेवामा समर्पित भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले चेकमा हस्ताक्षर गर्न पाएनौँ भनेर गुनासो गर्ने नगरपालिका र गाउँपालिकाका उपप्रमुख तथा वडाध्यक्षलाई पहिलेकै सिंहदरबारले जस्तो शासक बन्ने र मनलाग्दी गर्ने छुट कसैलाई नहुने भएकाले चेकमा हस्ताक्षर गर्ने रहर नगर्न सम्झाउनुभयो । मन्त्री पण्डितले जिल्ला समन्वय समितिको कोष फुकुवा गर्ने विषयमा सरकारले छिट्टै निर्णय गर्नेसमेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ९ : १८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै