२०८३, ३० जेष्ठ आईतबार

औद्योगिक विकासबाट मात्र राष्ट्र समृद्ध हुन्छः मन्त्री पण्डित

औद्योगिक विकासबाट मात्र राष्ट्र समृद्ध हुन्छः मन्त्री पण्डित


विराटनगर, ७ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने बताउनुभएको छ उद्योग सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित “औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव” विषयक छलफलमा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारबाट आर्जन हुने रेमिट्यान्सबाट दिगो आर्थिक विकास कायम हुन नसक्ने भएकाले मुलुकमा औद्योगिक विकास वा क्रान्ति अहिलेको आवश्यकता हो ।”

मन्त्री पण्डितले दक्ष युवा जनशक्तिलाई स्वदेशमा रोजगारी उपलब्ध भएमा मात्र मुलुक समृद्ध हुन्छ भन्दै सहजरुपमा उद्योग स्थापनाका लागि सङ्घीय सरकारले मुलुकका आठ स्थानमा ठूलो औद्योगिक क्षेत्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । यस्ता क्षेत्रमा स्थापित उद्योगबाट रोजगारी उपलब्ध हुनुका साथै वैदेशिक व्यापार घाटा न्यूनीकरणमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले जनताबाट उठाएको रकम राजश्वका रुपमा सरकारलाई बुझाउन पनि उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्व बाँडफाँट र प्राकृतिक स्रोत साधनको दिगो उपयोग अहिले वित्तीय सङ्घीयताको समस्याका रुपमा देखिएको उल्लेख गर्दै यसको समाधानका लागि सङ्घीय सरकारले वित्तीय आयोग गठन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अवैज्ञानिक करको परिमार्जन हुनुपर्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ५४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क