२०८३, १७ आश्विन आईतबार

पूर्वप्रधान्यायाधीश गिरीको निधन

पूर्वप्रधान्यायाधीश गिरीको निधन


काठमाडौँ, ७ मङ्सिर: पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ । विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मनुभएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएको थियो । उहाँ जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो ।

सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँको निधनले न्यायालयलाई निकै मर्माहत बनाएको उल्लेख छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा रहँदा उहाँको न्यायालयको श्रीवृद्धिमा उल्लेखनीय योगदान रहेको थियो । सर्वोच्च अदालतमा आजै बसेको आकस्मिक पूर्ण बैठकले यही मङ्सिर ९ गते आइतबार देशभरका सबै अदालत तथा न्यायाधीकरणहरु शोक बिदाका रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : ५८ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला