२०८३, ३० जेष्ठ आईतबार

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने


अत्तरिया, ७ मङ्सिर: राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र कञ्चनपुरको दक्षिणी क्षेत्रमा बसोवास गर्दै आएका दुई हजार गरी दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको छ ।

कम्पनी सञ्चालक समितिले फुटकर जग्गा बिक्रीवितरण सम्बन्धी विनियमावली २०६९ मा दोस्रो संशोधन गर्नुपर्ने देखिएको थियो । मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेश गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृत भएसँगै लालपूर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष चौधरीले बताउनुभयो ।

कञ्चनपुरको त्रिभुवनबस्ती क्षेत्रमा ३४४, परासन क्षेत्रमा ५७०, वाइसेविचवामा २० बिगाहा गरी कूल ९३६ बिगाहा १८ धुर जग्गामा बसोवास गर्दै आएका घरपरिवारलाई पूर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो । जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लिने, भूमिहीन, सुकुमवासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिष्ट्रेशन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छूटको प्रावधान रहेको जनाइएको छ ।

जग्गा बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सिफारिसमा विकास निर्माणमा लगाइने प्रावधानसमेत रहेको कम्पनी सचिव अश्विनी खड्काले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : ३६ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क