२०८२, १२ माघ सोमबार

उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन


विराटनगर, ६ मंसीर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न प्रदेश मातहतका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मन्त्रालयअन्तर्गत प्रगति समीक्षा कार्यक्रममा उहाँले जनतामा निराशा छाउँदै गएको र सरकारले परिणाम देखाउने गरी काम गर्न नसकेको जस्ता विषय प्रचारमा आउन थालेकाले जनताको आशालाई जीवित पार्न मन्त्री र कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भन्नुभयो ।

प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सम्पूर्ण संयन्त्र आगामी १५ दिनभित्र तयार गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “आगामी १५ दिनभित्र आवश्यक पर्ने सबै संयन्त्रहरु तयार गरेर अगाडि बढ्नुहोस् ।” मन्त्री राईले समय खेर नफालि कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ११ : ०५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै