२०८३, १२ भाद्र शनिबार

काम प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काम प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन


काठमाडौँ, ६ मङ्सिर: गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयअन्तर्गतका विभिन्न निकायका काम कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा मन्त्रालयको चालु आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका काम कारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुलाई दिइएको जिम्मेवारी इमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ ।” उहाँले गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएर सोही अनुरुप काम अघि बढिरहेको बताउनुभयो ।

“समिक्षाबाट निस्किएको सवलता र कमजोरीका आधारमा आफ्ना काम कारवाहीलाई थप परिस्कृत गर्दै लैजानुहोस्,” उहाँले भन्नुभयो । कार्यक्रममा गृह सचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालयको काम कारवाही सही बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा गृहमन्त्रालय अन्तर्गतका निकायले हालसम्म गरेका काम कारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामुहिक छलफल गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ३२ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका