२०८३, १७ आश्विन आईतबार

मानवअधिकार उल्लङ्घनका ६४ घटना सार्वजनिक

मानवअधिकार उल्लङ्घनका ६४ घटना सार्वजनिक


कावासोती ६ मङ्सिर : नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ । ती घटनामा सबैभन्दा धेरै बालिका र महिला पीडित थिए ।

बलात्कार तथा यौन दुव्र्यवहारका ३१ घटनामा २२ बालिका पीडित थिए तर तीमध्ये छ घटनाका आरोपीलाई नवलपुर जिल्ला अदालतले सफाइ दिएको थियो । घरेलु हिंसामा १४, राज्यबाट गिरफ्तारसम्बन्धी तीन, गैरराज्य पक्षबाट हत्या भएका ६, बहुविवाहसम्बन्धी तीन र मौलिक अधिकार, कुटपिट, एसिड प्रहार, मानव बेचबिखन, परिवारजनबाट हत्या प्रयास र भौतिक क्षतिसम्बन्धी एक÷एक घटना भएको उक्त संस्थाका जिल्ला प्रतिनिधि तीर्थराज डुमे्रले जानकारी दिनुभयो ।

नागरिक समाज, राजनितिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानवअधिकार उल्लङ्घनका घटना कम गर्न सकिने प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । चेतनाको कमीले केही घटना प्रहरीमा ढिला गरी आउने गरेकाले कारवाही प्रक्रियामा समस्या हुने गरेको उहाँले बताउनुभयो । मानवअधिकार सञ्जाल नवलपुरका अध्यक्ष भूपेन्द्र खनालले पीडितपक्षको उजुरी प्रहरीले सहज रूपमा लिने वातावरण सिर्जना गर्न सके यस्ता घटनामा कमी हुनेमा जोड दिनुभयो ।
–––

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  १० : १९ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला