२०८३, ३१ जेष्ठ सोमबार

वरिष्ठ नेता माधाव नेपाल भन्छन् ‘प्रधानमन्त्री र अध्यक्षले जे गरे पनि हुने ?’

वरिष्ठ नेता माधाव नेपाल भन्छन् ‘प्रधानमन्त्री र अध्यक्षले जे गरे पनि हुने ?’


मंसिर ६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेर्स्याएका छन् ।

उनीहरूको प्रश्न छ,‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुनेरु ‘नेपाल समाचारपत्र दैनिक’ लेख्छ, पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाउँदै यस्तो असन्तुष्टि पोखेका हुन् ।

‘प्रधानमन्त्रीले वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने, पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति कतैबाट पनि निर्णय नै गर्नु नपर्ने स्वेच्छाचारी प्रणालीको विकास गर्ने कि कमिटीगत निर्णय गरेर हामीले अभ्यास गर्दै आएको जनवादलाई सम्मृद्ध गर्ने ?’, ज्ञापनपत्रमा भनिएको छ, ‘संसदीय दलमा पनि लोकतान्त्रिक अभ्यास छैन ।

संसदीय दलको हरेक बैठक केही नेताको भाषण सुनाएर समापन गर्ने गरिएको छ । कुनै छलफल, समीक्षा वा आलोचना नै हुन नदिएपछि कसरी गल्ती–कमजोरी पत्ता लाग्छन्रु कसरी सुधार हुन्छरु’ पार्टी महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा एकीकरण, सरकारसँगको सम्बन्ध, केन्द्रीय समितिको बैठक, प्रधानमन्त्रीको कार्यशैलीलगायतका विषय केन्द्रित गरेर ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैरेले पुष्टि गरे।

नेपाल समूहका २१ सदस्यको लिखित ठहर, नेकपा र सरकार दुवै अलोकप्रियु शीर्षकमा नयाँ पत्रिका दैनिकले पनि समाचार छापेको छ। नेकपा वरिष्ठ नेता माधवकुमार नेपालपक्षधर २१ केन्द्रीय सदस्यले सरकारको कमजोर उपस्थितिले सरकार र पार्टी दुवैको लोकप्रियतामा ह्रास आएको आरोप लगाएका छन्।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : १० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क