२०८२, २५ चैत्र बिहीबार

नेपालको इतिहासमै पहिलो घटना : गृहमन्त्रीकै अगाडि पूर्व लडाकूले खाए विष

नेपालको इतिहासमै पहिलो घटना : गृहमन्त्रीकै अगाडि पूर्व लडाकूले खाए विष


काठमाडौँ, ५ मंसिर :  माओवादीले सञ्चालन गरेको तत्कालीन ‘जनयुद्ध’मा सहभागी भएका एकजना पूर्व लडाकुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अगाडि विष सेवन गरेका छन् ।

बुधवार गृहमन्त्री थापालाई भेट्न गृह मन्त्रालय पुगेको कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सेवन गरेका हुन् । गृहमन्त्रीलाई भेट्दा उनले खल्तीबाट विषको बोत्तल निकालेर मुखमा हालेका थिए ।

भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरियो ।

गृह मन्त्रालय स्रोतका अनुसार भट्टराई बाहिरबाटै पनि विष पिएर गृह मन्त्रालय पुगेका थिए । उनले गृहमन्त्रीसँग भेट्ने समय पाएर कुरा गर्दा पनि स्पष्टसँग बोल्न सकेका थिएनन् । गृहमन्त्रीसँग भेटेको करिब २ मिनटमै उनले सोफामा बसेकै बेला विष सेवन गरेका स्रोतले बतायो ।

वीर अस्पताल स्रोतका अनुसार भट्टराईले साइपरमेथ्रिन नामक विष सेवन गरेका छन् । उनको अहिले उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : ४५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि