२०८३, १२ भाद्र शनिबार

भूकम्प क्षतिग्रस्त पुनः निर्माण छिटो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

भूकम्प क्षतिग्रस्त पुनः निर्माण छिटो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा, ३ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनःनिर्माणका विषयमा आज जानकारी लिने क्रममा सो बताउनु भएको हो । साथै उहाँले भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन, विद्यालय र सर्वसाधारणको भवनको पुनः निर्माणमा ढिलाइ गर्न नहुने र यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो । सो अवसरमा पुनःनिर्माणमा भइरहेको प्रगतिका विषयमा कुराकानी भएको थियो ।

मुख्यमन्त्री पौडेलले जाडो महीना शुरु भइसकेको भन्दै भूकम्पपीडित परिवारलाई यथाशीघ्र घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभयो । भेटका अवसमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कामलाई तीव्र गति दिई लाभग्राहीलाई पुनःस्थापना गराउन प्राधिकरणले काम गरिरहेको छ भन्नुभयो । प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्न सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : ४५ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका