२०८३, १२ भाद्र शनिबार

‘युवालाई राजनीतिमा आरक्षण दिइनुपर्छ’:महामन्त्री कोइराला

‘युवालाई राजनीतिमा आरक्षण दिइनुपर्छ’:महामन्त्री कोइराला


काठमाडौँ, ३ मङ्सिर: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताउनुभयो ।

“पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्छ ।” उहाँले भन्नुभयो, “पार्टीको केन्द्रीय समिति, विभाग र अन्य तहमा युवालाई अघि बढाउनुपर्छ ।” दुई तिहाइ बहुमतको सरकारले ठोस योजना ल्याउन नसकेको उहाँको आरोप छ । उहाँले सामाजिक सञ्जालमा भन्दा साहित्यिक कृति पढ्नमा समय दिन युवा, विद्यार्थीलाई आग्रह गर्नुभयो ।

महामन्त्री कोइरालाले आदेश आचार्यले लेख्नुभएको ‘पारानोइया’ पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरु भुवन ढुङ्गाना, तोया गुरुङ, रामकुमार पाँडे, धीरेन्द्र प्रेमर्षि, नायिका मनीषा कोइराला, फाउन्डेसनका सचिव अतुल कोइराला लगायतले सामाजिक सञ्जाललाई किताबको विकल्पका रुपमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ५ : ५८ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका