२०८३, ६ असार आईतबार

नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव


काठमाडौं, मंसिर ३ : सरकारले कनिष्ठ कर्मचारीको मातहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिव नगरपालिकामा जान अस्वीकार गरेका छन । मन्त्रालयले आफुहरुलाई मनपरी रुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनअघि १ सय ५५ उपसचिवलाई विभिन्न कार्यालय र नगरपालिकामा खटाएको थियो । तर तीमध्ये करिब १ सय उपसचिवले हालसम्म पत्र बुझन मानेका छैनन । सरकारले २ सय ४५ नगरपालिकामा शिक्षाका उपसचिव खटाउने निर्णय गरेको थियो । अधिकृत स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भएको स्थानीय तहमा उनीहरुले पुन नजाने अडान दोहो¥याएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

निजामती कर्मचारीप्रति सरकारले गरेको असमान व्यवहार कुनै हालतमा मान्य नहुने उनीहरुको जिकिर रहेको छ । शिक्षा मन्त्रालयका उपसचिव ढुण्डी अर्यालले वरिष्ठ उपसचिवहरुमाथि गरेको व्यवहार मान्य नहुने बताउदै कनिष्ठ कर्मचारीको आदेश मान्न वरिष्ठ कर्मचारी बाध्य नहुने बताउनुभयो ।सरकारले साउन र असोज महिनामा गरी २ सय ४५ उपसचिवलाई स्थानीय तहमा खटाएको घोषणा गरेको थियो । तीमध्ये अधिकांश उपसचिव पत्र बुझेर कार्यक्षेत्रमा हाजिर भइसकेका छन् । त्यति बेला केहीले कनिष्ठ कर्मचारीको अधीनमा काम गर्न नसक्ने भन्दै फिर्ता आएका थिए ।

शिक्षा मन्त्रालयमा करिब ७ वर्षअघि बढुवा भएका उपसचिवहरु कार्यरत छन् । हाल स्थानीय तहमा खटिएका अधिकांश उपसचिव ३ वर्षअघिका मात्र रहेका छन् । कतिपय स्थानीय तहमा अधिकृतलाई निमित्त उपसचिवको जिम्मा दिइएको छ । मन्त्रालयमा करिब ६ वर्षभन्दा माथिका उपसचिव कार्यरत छन् । हाल स्थानीय तहमा खटिएका अधिकांश उपसचिव ३ वर्ष अघि बढुवा भएका छन् ।

कर्मचारी प्रशासनमा जेष्ठतालाई मान्यता दिने प्रचलनलाई शिक्षा मन्त्रालयले खिल्ली उडाएको छ । जेष्ठता र पद सोपानको आधारमा सरुवा नभए कुनै पनि उपसचिव कनिष्ठ कर्मचारीको मातहतमा हाजिर हुन नजाने अर्यालको भनाइ छ ।शिक्षा मन्त्रालयले खटाएका कार्यक्षेत्रमा कर्मचारी जानै पर्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले स्थानीय तहमा कर्मचारी कर्मचारी जान्न भन्नु गलत भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘मन्त्रालयले उपसचिव खटाइसकेको छ, खटाएको स्थानमा जानैपर्छ ।’ मन्त्रालयका उच्च अधिकारीले भने कनिष्ठको मातहतमा वरिष्ठ कर्मचारीले काम गर्न नसक्ने जनाउदै आएका छन् ।

यसअघि मन्त्रालय, प्रदेश कार्यालय र प्रदेश मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा खटाइएका सबै शिक्षाका उपसचिव हाजिर भइसकेका छन् । तर विभेद गरी कनिष्ठको मातहतमा रहने गरी खटाएपछि अधिकांश उपसचिव स्थानीय तहमा नगएका हुन् । यसअघि १ सय ९३ स्थानमा सरुवा भएका सबै उपसचिव कार्यक्षेत्रमा खटिसकेका छन् ।

उपसचिव अर्यालले भन्नुभयो– ‘सर्वोच्च अदालत र सामान्य प्रशासन मन्त्रालयले जेष्ठताको आधार कायम हुने जनाइसकेको अवस्थामा कनिष्ठ कर्मचारीको मातहतमा वरिष्ठ कर्मचारी हाजिर हुन जा भन्नु सरकारको गलत रबैया भएको बताउनुभयो । सरकारले जबरजस्ती कर्मचारी खटाउदा सरकारलाई नै समस्या पर्ने अधिकांश उपसचिवको भनाइ छ । स्थानीय तहका सरुवा भएका वरिष्ठ उपसचिवले हालसम्म पत्र बुझेका छैन । उनीहरु मन्त्रालय र केन्द्रमा हाजिर भइरहेका छन् । हाल शिक्षा मन्त्रालय अन्तर्गत ४ सय ८५ उपसचिव छन् । शिक्षा मन्त्रालयले लामो समयदेखि ती उसचिवको पद मिलान गर्न सकेको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेल र शिक्षा सचिव खगराज बराल वरिष्ठ र कनिष्ठ कर्मचारीमा देखिएको समस्या समाधान गर्नुको साटो मूक दर्शक बनेको आरोप लगेको छ ।

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ६ : ३८ बजे

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे