२०८३, १२ भाद्र शनिबार

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही


रारा, २ मङ्सिर :कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले आज पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यका साथ गत वैशाख १ गते प्रधानमन्त्रीसहितको टोली रारा पु¥याएर कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा गरेपनि संघीय सरकारले खासै चासो नदेखाएको आरोप लगाउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री शाहीले नाग्म–गमगढी–रारा तथा नाग्म–गमगढी–नाक्चे लाग्ना सडकका लागि विश्व बैंक, बेलायती विकास सहयोग नियोगलगायत अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने चासो देखाएको जानकारी दिनुभयो । सङ्घीय सरकारसँगको विस्तृत छलफल गराई सङ्घीय सरकारको अनुमति पाउनेबित्तिकै विश्व बैंकले सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाउने शाहीले बताउनुभयो ।

राराको पर्यटन विकासका लागि निकुञ्ज पनि बाधक देखिएकाले यसका लागि प्रदेश सरकारले राष्ट्रिय निकुञ्ज नियमावली बनाउन पहल गर्ने र नियमावली बनि सकेपछि रारामा बन्ने अन्तर्राष्ट्रिय मापदण्डका सुविधा सम्पन्न होटेल खुल्न सहज हुने उहाँले बताउनुभयो । सुविधा सम्पन्न होटेल तथा पूर्वाधार विकासका लागि सबैभन्दा पहिले मुगु र मध्यवर्ती क्षेत्रका स्थानीयवासीको शेयर लगानी गर्ने र स्थानीयलाई फाइदा पुग्ने गरी मात्र प्रदेश सरकारले पर्यटन विकासको काम गर्ने मुख्य मन्त्री शाहीको दाबी छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ८ : ३८ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका