२०८३, ३१ जेष्ठ सोमबार

कृषिमन्त्रीद्वारा दुई मुख्य योजनामा सहमति

कृषिमन्त्रीद्वारा दुई मुख्य योजनामा सहमति


जितपुर, ३० कात्तिक : कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाल कपिलवस्तुमा योजना छनौट बैठकमा सहभागी हुनुभएको छ । क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको योजना छनौट बैठकमा समितिको संयोजकका रुपमा उहाँ सहभागी हुनुभएको हो ।

बैठकपछि उहाँले क्षेत्र नं १ को दिगो विकासमा टेवा पु¥याउने दुई मुख्य योजनासहित अन्य २० वटा योजना सर्वसहमतिका साथ छनौट गर्न सबैलाई आग्रह गर्नुभएको थियो । अनौपचारिक छलफलका साथ भएको बैठकमा दुई मुख्य योजनामा सहमति भएको छ ।

जसमा लक्ष्मणघाट अमौली, तीनघेरवा, बैदौली हुँदै झलनीपुल सडक कालोपत्र गर्ने र शुद्धोधन गाउँपालिकामा कन्या कलेज स्थापना गर्ने योजना छनौट भएका छन् । ती रु ५०÷५० लाखका ठूला योजना हुन् । अन्य २० योजना छनौट गर्नुपर्नेमा समितिका सदस्य रहेका अन्य सांसदहरुले २७ भन्दा वढी योजना पेश गरेपछि सहमति जुट्न सकेन ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : ५२ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क