२०८२, १४ माघ बुधबार

“चीन र भारत दुवै देशसँग मैत्रीपूर्ण सम्वन्ध राख्न चाहान्छौँ”:डा भट्टराई

“चीन र भारत दुवै देशसँग मैत्रीपूर्ण सम्वन्ध राख्न चाहान्छौँ”:डा भट्टराई


काठमाडौैँ, २९ कात्तिक : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा सल्लाहकार भट्टराईले राष्ट्रलाई केन्द्रमा राखेर भारत र चीनसँग रहदै आएको ऐतिहासिक, पराम्परागत, आर्थिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । “भारतसँग विशेष सम्बन्ध छ वा चीनसँग छैन भन्ने होइन, हाम्रा लागि सबै मुलुकहरु मित्र हुन, तर स्वाभाभिक रुपमा छिमेकी मुलुकसँग बढी हिमचिम हुन्छ, ”, उहाँले भन्नुभयो ।

सल्लाहकार भट्टराईले भन्नुभयो, “चीन र भारत दुई वटा उदयीमान देशहरुबाट हामीले जति फाइदा लिनुपर्ने थियो लिन सकिरहेका छैनौँ, त्यसका लागि चाहिने अध्ययन अनुसन्धान अझै हुन सकेको छैन, यी सबै कुरालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । डा भट्टराईले चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण नभएको सन्दर्भमा जतिसक्दो चाँडो चिनिया राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी दिनुभयो ।

उहाँले चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति र प्रधानमन्त्रीबाट भ्रमणको निम्तो समेत भइसकेको बताउनुभयो । सल्लाहकार डा भट्टराईले नेपाल र भारतसँग सम्बन्धीत विषयमा अध्ययन गरेर तयार गरिएको प्रवुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : ०४ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,