२०८३, २२ आश्विन शुक्रबार

मेगा बैंकको खुद मुनाफा रु ४० करोड

मेगा बैंकको खुद मुनाफा रु ४० करोड


काठमाडौँ, २८ कात्तिक: मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा रु २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा रु ६६ अर्ब ११ करोड पुगेको छ । त्यसैगरी, कर्जा तथा सापटीमा रु २६ अर्ब ५४ करोडले वृद्धि भई रु ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ ।

मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप रु १२ अर्ब ७३ करोड र कर्जा प्रवाह रु १२ अर्ब ७५ करोड भएको छ । मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ९ : २० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य