२०८३, १२ भाद्र शनिबार

आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भईरहेको छ :मन्त्री पण्डित

आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भईरहेको छ :मन्त्री पण्डित


काठमाडौँ, २४ कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयनका लागि आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले कर्मचारी समायोजन ऐन तर्जुमाको अन्तिम चरणमा पुगेको तथा सङ्घीय निजामती सेवा ऐनसहित अरू थुप्रै ऐन प्रक्रियामा रहेको बताउनुभयो ।

आफ्नो पूर्व प्रतिबद्धताअनुसार सरकारले असारको मसान्तभित्र प्रशासनिक सङ्क्रमणकाल अन्त्य गरिसकेको तथा कर्मचारी समायोजन पनि आगामी मङ्सिरको अन्त्यसम्म सम्पन्न हुने मन्त्री पण्डितको भनाइ थियो ।

स्थानीय तथा प्रदेशका लागि आवश्यक कर्मचारी भर्ना गर्नका लागि केन्द्रीय लोक सेवा आयोगबाट छिट्टै विज्ञापन गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय तहलाई आवश्यक प्राविधिक जनशक्ति करारमा लिन मन्त्रालयले रोक नलगाइएको तर अनावश्यक भर्ना लिने नीति भने सरकारको नरहेको प्रष्ट पार्नुभयो । मन्त्री पण्डितले विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय तहले आफूअन्तर्गतको बजेट कार्यान्वयन गरी पूर्ण परिचालन भएपछि विकासको गतिले तीब्रंता लिने र परिणाम जनतासामु आउने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ११ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका