२०८२, १४ माघ बुधबार

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन्छु: मन्त्री बाँस्कोटा

सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन्छु: मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २१ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुलुकका सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–११ वडा कमिटीद्वारा आज बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस वर्ष एक हजार सामुदायिक माध्यमिक विद्यालयलाई कम्प्युटर ल्यावको व्यवस्था गरिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार समृद्ध नेपाल सुखी नेपाली बनाउन पाँच वर्षे खाका तयार गरी अघि बढिसकेको बताउनुभयो । उहाँले सरकारले अर्को वर्ष सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता बढाउने तयारी गरेको बताउनुभयो । “तपाईंहरु ढुक्क हुनुस् अर्को वर्ष वृद्धभत्ता बढाउँछौँ ।” राज्यको ढुकुटीमा रु १५० अर्ब हुनुपर्नेमा अघिल्लो सरकारले रित्तो पारेकाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिएको उहाँले दुःखेसो पोख्नुभयो ।

मन्त्री बाँस्कोटाले यस वर्ष वृद्धभत्ता बढाउन नसकिए पनि ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई रु एक लाखसम्म स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय सकारात्मक भएकाले यसलाई सहजरुपमा लिइदिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यको खाली ढुकुटी हाम्रो हातमा प¥यो, कर छली गर्नेलाई करको दायरामा ल्याएर यसलाई भर्ने काम गर्दैछौँ, यसकारण अर्को वर्ष वृद्धभत्ता बढ्छ ।” विगतका संरचनामा सामाजिक सुरक्षा भत्ताको लगत राम्रो नभएकाले यस वर्षदेखि लगत चुस्तदुरुस्त बनाइने उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले जिल्लाको महाभारत पर्वत शृङ्खलाअन्तर्गत पनौतीको लाँकुरी भञ्ज्याङदेखि भीमखोरीको घ्याङडाँडासम्म पर्यटकमार्ग तथा नेपालको उत्तरी हिमशृङ्खला अवलोकनका लागि तीन स्थानमा टावर निर्माण गरिने बताउनुभयो । “पर्यटकीय क्षेत्र भएपछि हुने आम्दानीले सुखी नेपाली समृद्ध नेपालको योजनामा केही सहयोग पुग्छ,” उहाँले भन्नुभयो । युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष अमित लामाले युवा स्वरोजगारलक्षित कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “स्वरोजगारले युवालाई स्वावलम्बी बनाउँछ, यसबाट विदेशिनेको सङ्ख्या घट्दै जान्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : ३७ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,