२०८३, १७ असार बिहीबार

खानीखोला गाँउपालिकाद्धारा नयाँ बोलेरो गाडी खरिद

खानीखोला गाँउपालिकाद्धारा नयाँ बोलेरो गाडी खरिद


खानीखोला १८ कार्तिक : खानीखोला गाँउपालिकाले ३७ लाख ६५ हजारमा टाटा कम्पनिको बोलेरो गाडी खरिद गरेको छ । गत वर्षको गाँउसभाबाट नै गाडी खरिदका लागि रकम छुट्याइएको भएपनि खानीखोलामा सडकको असुविधा रहेको कारण गत वर्ष गाडी खरिद हुन सकेको थिएन ।

गत असार महिनाबाट खोपासी—ताल्ढुङ्गाको नयाँ ट्रयाक खुलेसँगै पालिकाले गत शुक्रबार बोलेरो खरिद गरेको खानीखोला गाँउपालिकाको अध्यक्ष कुष्ण बहादुर खुलालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनताको काम छिटो छरितो सम्पन्न गर्न, जनतासामु तत्काल उपस्थित हुन, गाँउपालिकाका वडाहरु, जिल्ला तथा मन्त्रालयमा पुग्न सहज हुने भएकाले गाडी खरिद गरिएको हो ।” यसअघि गाँउपालिकाले भाडामा लिएर गाडीको प्रयोग गर्दै आएको थियो ।

गत वर्षकोे गाँउसभाबाट छुट्याइएको रकमबाट पालिकाले वडा अध्यक्षहरुका लागि ६ वटा मोटर साइकल र कार्यकारी अधिकृतका लागि १ वटा स्कुटर समेत खरिद गरेको थियो ।

७ वटा वडा रहेको खानीखोला गाँउपालिकामा हाल वडा नं। ६ बाहेक अरु सबै वडाहरुमा सडक विस्तार भइसकेको छ । हाल जिल्ला सदरमुकामबाट खानीखोला पुग्नका लागि खोपासी,ताल्ढुङ्गा सडक तथा ताल्ढुङ्गा,मिल्चे,हेल्टार,छपेली, चापागाँउ सडकको प्रयोग हुँदै आएको छ । सजना आचार्य

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ८ : ४३ बजे

निर्वाचन समीक्षा र पार्टी पुनर्गठन नेतृत्व परिवर्तनका लागि होइन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र सञ्चालन

कर्णालीमा खसेको बस अझै बेपत्ता, दिनभरको खोजी पनि असफल

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा कर्णाली नदीमा खसेको यात्रुबाहक

महाधिवेशनअघि कांग्रेसमा शक्ति संघर्ष चर्कियो, फुटको हल्लाबीच एकताको दबाब

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’

काठमाडौं । इरानले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको

महाधिवेशनमै ‘कच्चा तथ्याङ्क’ ! रास्वपाको सदस्यता प्रणालीमाथि गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा