२०८३, १४ कार्तिक शनिबार

मलेसियासँग सम्बन्ध स्थापना गर्दै आयोग

मलेसियासँग सम्बन्ध स्थापना गर्दै आयोग


काठमाडौँ, १३ कात्तिक: नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक मलेसियासँग राष्ट्रिय मानवअधिकार आयोगले सम्बन्ध स्थापना गर्ने भएको छ । अन्य मुलुकमा झैँ कामदारका विषयमा विभिन्न समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोग मलेसियासँग सम्बन्ध विस्तार गर्न लागेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिनुभयो ।

“यस बारे आवश्यक तयारी थालिएको छ, औपचारिक अनौपचारिक छलफल भइरहेको छ, सम्झौता गरेर अघि बढिन्छ”, उहाँले भन्नुभयो । सम्झौता भएसँगै द्विपक्षीय सहयोग आदानप्रदान हुने र त्यहाँ प्राप्त उजुरीका सम्बन्धमा नेपालबाटै सम्बोधन गर्न सकिने आयोगका सदस्य पाठकको भनाइछ । मलेसियामा करीब पाँच लाख आप्रवासी रहेको आयोगको तथ्याङ्क छ । विदेशबाटै उजुरी दिने व्यवस्था गर्न सके समयमै कामदारको अधिकार संरक्षण गर्न सहज हुनेछ । आवश्यक सीप र अनुभवको अभाव तथा दलालीको फन्दामा परेर विदेश गएका आप्रवासी कामदारले अहिले पनि समस्या झेलिरहेका छन् ।

सन् २०१८ को नोभेम्बरमा आयोगले कतारको राष्ट्रिय मानव अधिकार समिति दोहासँग सम्झौता गरी ११ बुँदे कार्यक्रम बनाएको थियो । सन् २०१६ को डिसेम्बर १८ मा उक्त सम्झौता कार्यान्वयनका लागि काठमाडौँमा हस्ताक्षरसमेत भएको थियो । सन् २०१० मा दक्षिण कोरियासँग समेत सम्झौता भएको थियो । कतारमा नेपाली बुझ्ने अधिकृत राखिएकाले कामदारले त्यहाँ पनि उजुरी दिन सक्नेछन् ।

यसअघि सन् २००९ मा जोर्डन, इण्डोनेशिया र फिलिपिन्सको मानवअधिकार आयोगसँग समझदारीको प्रयास पनि भएको थियो । आयोगले अहिले आप्रवासी कामदारको समेत अध्ययन गरिरहेको छ । अध्ययनबाट प्राप्त प्रतिवेदन सरकारलाई बुझाइने भएकाले आप्रवासी कामदारको समस्या समाधानमा सहयोगी बन्ने विश्वास आयोगको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ४१ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक