२०८३, १९ भाद्र शनिबार

गोली प्रकरणमा श्रीलङ्काका तेल मन्त्री पक्राऊ

गोली प्रकरणमा श्रीलङ्काका तेल मन्त्री पक्राऊ


कोलम्बो, श्रीलङ्का, १२ कात्तिक:गोली प्रकरणमा श्रीलङ्काको प्रहरीले तेल मन्त्रीलाई सोमबार पक्राउ गरेको छ । आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू तेल मन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि मन्त्री अर्जुना रनातुङ्गाका सुरक्षा गार्डले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

सन् ११९६ मा श्रीलङ्कालाई विश्वकप ट्रफी दिलाउन सफल क्रिकेट खेलाडीसमेत रहेका रनातुङ्गा हालै राष्ट्रपतिबाट पदच्युत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेका बलियो समर्थक मानिनुहुन्छ ।

श्रीलङ्काका ट्रेड यूनियनहरूले मन्त्रीले गोली चलाउन निर्देशन दिएको आरोप लगाउँदै विरोधमा उत्रिएपछि तेल मन्त्री रनातुङ्गालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रवक्ता रूवान गुण्नसेकेराले बताउनुभयो ।

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री मैत्रीपालालाई हटाई श्रीलङ्काको तीन दशक लामो गृहयुद्धलाई बल प्रयोग गरी निष्कर्षमा पु¥याएका शक्तिशाली पूर्व राष्ट्रपति राजपाक्षलाई नियुक्त गरेपछि गहिरिएको श्रीलङ्काको राजनीतिक सङ्कटबीच आइतबार र सोमबार यदाकदा झडपका घटना भएका छन् ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ४० बजे

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ

बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

काठमाडौं । विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा

नुवाकोटका बाढीपीडितलाई कोरिया रिटर्नी संस्थाहरूद्वारा संयुक्त राहत सामग्री हस्तान्तरण

काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावित नुवाकोटका बासिन्दालाई दक्षिण

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक